विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा

/ प्रकाशित मिति :
आइतबार, माघ २០ २០८१

बागलुङ, २० माघ – विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा आएको छ । पुस्तकालयको ७८ औ स्थपना दिवसको अवसर पारेर आईतवार पुस्तकालयको उद्घाटन गरिएको हो । विभिन्नदाताको सहयोगमा बालबालिकाको लागि मात्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले बालमैत्री शुसासनयुक्त नगरपालिकाको दिगोपनाका लागि बालपुस्तकालयले सहयोग पुर्याउने वताउनुभयो । बालबालिकाको भविष्य शुनिश्चीत गर्नका लागि नगरपालिका लागि परेको चर्चा गर्दै उहाँले पुस्तकालयको संरक्षण र विकाशका लागि सबैले हातेमालो गर्नुपर्ने वताउनुभयो । मुलुकको परिवर्तन, विकाश र सम्मृद्धिका लागि वालबालिका लाई असल शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा निमिक्त प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बालबालिकाको भविष्य निर्माणका लागि पुस्तकालय महत्वपुर्ण हुने भएकाले पुस्तकालय लाई दिगोपन दिनुपर्ने वताउनुभयो । पुस्तकालयको ईतिहासर गतिविधी वारे पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभएको थियो ।

पुस्तकालय भवनको छुट्टै कक्षमा बाल पुस्तकालय निर्माण गरेर संचालनमा ल्याएको पुस्तकालयका अध्यक्ष अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो ।बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन संस्कृतिको विकास र बौद्धिक जागरण ल्याउने ध्येयले बाल पुस्तकालय सञ्चालन गरिको थापाले बताउनुभयो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजन कुमार शर्माको संचालनमा सम्पन्न भएको थियो ।