सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्छ– पर्यटन मन्त्रि पाण्डे

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ २០ २០८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले लगानीमैत्री वातावरण सिर्जना गरिरहेको वताउनुभएको छ ।
आइएमइ ग्रुप तथा उद्योग बाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा बागलुङमा निर्मित होटल इला कम्फोर्टको उदघाटन गर्दै मन्त्री पाण्डेले अहिले सरकारले ल्याएको अध्यादेश मार्फत लगानीको वातावरण बनाएको बताउनुभयो ।
बागलुङ धार्मिक तथा पर्यटकिय हिसावले धनि जिल्ला भएको चर्चा गर्दै उहाँले विदेशीलाई नेपाल भित्र्याउने र एक पटक आएकालाई पटक पटक आउने वनाउनका लागि सरकारले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने योजना वनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा सम्मृद्धि कायम गर्नका लागि काँग्रेस एमालेको सरकार बनेको भन्दै २०८४ सालसम्म कांग्रेस र एमालेको गठबन्धन कायम रहने दाबी गर्नुभयो । लगानीका लागि निजी व्यवसाय तयार नभएसम्म पर्यटकीय गतिविधि नबढ्ने भन्दै मन्त्री पाण्डेले निजी व्यवसायलाई सरकारलेसंगै हिडाउने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद दिपक गिरी, जिवन परियार, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रि कृष्ण प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले गृह जिल्लामा ३० करोड लगानीमा होटल इला कम्फोर्ट नामक होट सञ्चालनमा ल्याउनुभएको हो । आन्तरिक तथा बाह्य पर्यटक लाई आकर्षित गरी जिल्लामा पर्यटन प्रवद्धन गर्न तथा वैदेशिक पलायन रोकी स्वदेशमै रोजगारी सृजना होस भन्ने उद्देश्यले होटल संचालनमा ल्याएको ढकालले वताउनुभयो ।
जिल्लामा पर्यटकका लागि सुविधा सम्पन्न स्तरीय होटल अभाव हटाउन ढकालले गृहजिल्लामा होटल सञ्चालनमा ल्याएको दाबी गर्नुभयो । साढे ३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा ३० कोठा रहेको ती मध्ये एक वटा सुइट रुम र एउटा किसन, बैठक र लभिङ सहितको रुम रहेको छ । होटलमा ५ देखि २४ हजारसम्मका रुम उपलब्ध हुने बताइएको छ ।
होटलमा अल डे डाइनिङ रेस्टुराँ, एउटा सभा हल, रेस्टुरेन्ट एन्ड बार र प्रयाप्त पार्कीङको सुविधा रहेको छ । शान्त वातावरणमा बस्न र समय बिताउन लेमन इला कम्फर्ट उत्कृष्ठ गन्तव्य बनेको बताइएको छ । कार्यक्रम होटल इला कम्फर्टका अध्यक्ष सचिन ढकालको स्वागत र पत्रकार सञ्जय सिलवाल गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।

पुरा भिडियो हेर्नुहोस् ।

देश विकास सरकारको प्रमुख लक्ष्य
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ ।
शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।
वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उहाँले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले सत्ता साझेदार दलबिच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताउनुभयो । बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवर्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताउनुभयो ।