राज्यले उद्योगी व्यवसायीका समस्या र चुनौतीको समाधान गर्नुपर्छः मन्त्री पाठक

धौलागिरी अधिकृत विक्रेता सघंको दशौ वार्षिक साधारण सभा सम्पन्न
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ २០ २០८१

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रि कृष्णप्रसाद पाठकले राज्यले उद्योगी व्यावसायीका समस्या र चुनौतीको समाधान गर्नुपर्ने वताउनुभएको छ ।
धौलागिरी अधिकृत विक्रेता सघंको दशौ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले व्यावसायमैत्री निति बनाएर राज्यले लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योगी व्यावसायीले पनि व्याव्सायलाई व्यवस्थित र मर्यादित वनाउनुपर्नेमा जोड दिनुभयो । गुणस्तरहिन म्याद नाघेका सामग्रीको किनवेच भएमा व्यावसाय धरासायी बन्ने भएकाले सजग हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बितरक महासंघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, धौलागिरी अधिकृत विक्रेता सघंका पुर्व अध्यक्ष बद्रि ढुङ्गाना, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल, पर्वत उद्योग वाणिज्य सघंका अध्यक्ष ठाकुर वि पौडेल, म्याग्दी उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, सगरमाथा लुम्वीनी ईन्सुरेन्सका बागलुङ शाखा प्रमुख ओम शर्मा र पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष राम थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धौलागिरी अधिकृत विक्रेता सघंका संस्थापक अध्यक्ष सिद्धार्थ मिलन श्रेष्ठ, पुर्व अध्यक्ष कमल प्रसाद प्रधान र निवर्तमान अध्यक्ष वद्रि ढुंङ्गानालाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमा अध्यक्ष राजन कुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिव हेमन्त वानियाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण ढुंङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनले पुनः राजनकुमार श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष प्रकाश गौतम, उपाध्यक्ष हेमन्त वानिया, महासचिव नारायण ढुङ्गाना, सचिव विमल कँडेल र कोषाध्यक्ष जगन्नाथ शर्मा रहनुभएको छ ।
समितिको सदस्यमा सम्झना शर्मा, यमुना रेग्मी, शान्ता शर्मा, विमल अधिकारी, चिरन्जीवी शर्मा, बिष्णु रिजाल, बिजय पौडेल, हरि आचार्य र हरि सापकोटा रहनुभएको छ । कार्यक्रम धौलागिरी अधिकृत विक्रेता सघंका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र महासचिव हेमन्त वानियाको संचालनमा सम्पन्न भएको थियो ।