पत्रकारिता पेसा लाई मर्यादित र अनुशासित बनाउनु पर्छः शर्मा

प्रेस सेन्टर नेपालको २१ औ स्थापना दिवस बागलुङमा पनि मनाईयो
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ १६ २០८१

प्रेस सेन्टर नेपालको २१ औ स्थापना दिवस बागलुङमा पनि मनाईएको छ । पत्रकारितामा पलायन, आकर्षण र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो ।
सो अवसरमा व्यावसायिक पत्रकारितावाट पलायन हुनुपर्ने बाध्यता, पत्रकारिताको चुनौती र भविष्यको वारे चर्चा गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्रिप्रसाद शर्माले पत्रकारिता पेसा लाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारिता पेशामा पछिल्लो समय विश्वसनियता र जिम्मेवारीपन कमहुँदै गएको चर्चा गर्दै समाजलाई सहि ढंङ्गले अगाडी बढाउनका लागि संचार माध्यमको टिकाउ र विकाश हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासघं गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लोकतन्त्रलाई बलियो र भरपर्दो बनाउनका लागि संचारमाध्यम सबल बन्नुपर्ने वताउनुभयो । तथ्यमा आधारित पत्रकारिताले समाजलाई गति दिन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासघंका अध्यक्ष राम थापा, प्रेस सेन्टरका जिल्ला ईन्चार्ज कोपिला कँडेल, प्रेस युनियनका अध्यक्ष संगम घर्ति, प्रेस चौतारीका ईन्चार्ज तारानाथ आचार्य र प्रगतिशिल पत्रकार सघंका केन्द्रिय सल्लाहकार किरण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष जिवनकला खत्री सरिताको अध्यक्षता, उपाध्यक्ष खनिश खातीको स्वागत र सचिव विनोद विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।