विभिन्न कार्यक्रमसहित धौलागिरि बहुमुखी क्याम्पसको ६२ औ बार्षिकोत्सव शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ १६ २០८१

धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६२ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ शुरु भएको छ । माघ १५ गतेदेखि २१ गतेसम्म संचालन हुने गरि बिभिन्न कार्यक्रमका साथ ६२ औ बार्षिकोत्सव शुरु भएको हो ।
बार्षिकोत्सवको पहिलो दिन पत्रकार सम्मेलन सहित १ सय मिटर छात्र/छात्रा दौड, छात्र/छात्रा लङ्जम्प, त्रिपलजम्प, छात्र ठेलो, छात्र/छात्रा लठो तान्ने र बालआश्रममा सहयोगको कार्यक्रम गरिएको सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
दोस्रो दिन माघ १६ गते फुटवल र छात्र भलिवल, तेस्रो दिन माघ १७ गते, पुर्व विद्यार्थी जलपान,छात्राको लागि भलिवल, मालढुङ्गादेखी क्याम्पससम्म म्याराथन दौड् छात्रा व्याडमेन्टन, छात्र टेवलटेनिस चौथो दिन माघ १८ गते खो खो, प्राध्यापक र कर्मचारीविच म्युजिकल्चीयर प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, पाँचौ दिन माघ १९ गते नृत्य प्रतियोगिता निवन्ध तथा केश स्टडी, छैटौ दिन १९ गते सरसफाई लगायतका कार्यक्रम रहेको क्याम्पस प्रमुख सहप्रध्यापक डाक्टर सुर्दशन सिलवालले जानकारी दिनुभयो ।
अन्तिम दिन माघ २१ गते सरस्वती पूजा र मुल समारोह रहेको उहाँले बताउनुभयो ।

पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको वेवसाईड मार्फत उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनवहादुर थापाले गुणस्तर मार्फतमा धौवलागिरी क्याम्पसले क्युएए प्राप्त गरेकाले समुदायसंग जोडिएको वताउनुभयो ।
कार्यक्रमा क्याम्पस प्रमुख सहप्रध्यापक डाक्टर सुर्दशन सिलवालको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेको स्वागत र सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।