जनता धन विद्यालयमा पुर्व विद्यार्थीद्धारा अक्षयकोष घोषणा

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, माघ १४ २០८१

बागलुङ, १४ माघ – बाग्लुङ्ग नगरपालीका वार्ड नम्वर–१४ अवस्थित जनता धन माध्यामिक बिद्यालयमा अध्यनरत पुर्व विद्यार्थीहरुले अक्षयकोष घोषणा गरेका छन् ।जनता धन विद्यालयका २०५० सालमा एस.एल.सी उत्तिण भएका विद्यार्थीको सामुहिक पहलकदमीबाट दुई लाख रूपयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिनुभयो ।

सो रकमको चेक विद्यालयका प्रधानाध्यापक पौडेल र व्यवस्थापन समितिका अध्यक्ष धुव्र श्रेष्ठ लाई अक्षयकोषदाता सुरेश थापाको उर्फ देबेन्द्र र केशव पौडेलले हस्तान्त्रण गर्नुभएको थियो ।आफूले पढेको स्कूल प्रति सेबा भाव जागेको तथा बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई उत्प्रेणा र क्षमताको कदर गर्ने उदेश्यले वर्षेनी विद्यालयको वार्षिक उत्सवको अवसरमा नगद पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेको अक्षयकोषदाताले जनाएका छन् ।

कार्यक्रममा बानपा–१४ का वडा अध्यक्ष चक्र बहादुर खत्री, बिद्यालयका संचालक समितिका अध्यक्ष सुरेन्द्र थापा, पूर्व शिक्षकहरु दुर्गा कुमारी श्रेष्ठ, धन बहादुर रोका, कमल कुमार जिसी, कुमार पौडेल र रेशम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

सो अवसरमा देश विदेशमा रहेर अक्षयकोषका लागि आर्थिक सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रम सुरेश थापाको अध्यक्षता र केशब पौडेलको संचालनमा भएको थियो ।