अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी

/ प्रकाशित मिति :
सोमबार, माघ ७ २០८१

कोपीला कँडेल,
बागलुङ, ७ माघ –अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी चयन हुनुभएको छ । बागलुङको बिहुँमा सम्पन्न प्रथम अधिवेशन बाट सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दयानिधी सापकोटा, उपाध्यक्ष प्रकाश कँडेल, विकाश सापकोटा, शिवलाल कँडेल,भुवानि प्रसाद कँडेल,ईन्द्रलाल सुवेदी,महेन्द्र कँडेल, महासचिव शेखर प्रसाद कँडेल, सचिव अशोक शर्मा गोपाल,कोषाध्यक्ष टिकाराम कँडेल, सह–कोषाध्यक्ष हरि प्रसाद सापकोटा र प्रवक्तामा अनन्त रिजाल रहनुभएकोछ ।

यसैगरी समितिका सदस्यहरुमा नरेन्द्र कँडेल, खगिसरा न्यौपाने,कृष्ण प्रसाद कँडेल, शम्भु कँडेल, युधिष्ठिर कँडेल, प्रेम कँडेल, चिरञ्जिवि कँडेल, छमु कँडेल, रामु कँडेल, कृष्ण कँडेल, टंक कँडेल, खिमानन्द कँडेल र प्रेम प्रसाद कँडेल रहेको अन्तर्राष्ट्रिय बिहुकोट समाजले जनाएको छ ।

सो अवसरमा काँठेखोला गाँउपालिका वडा नम्वर– ५ र ६ का सम्पुर्ण विद्यालयका उत्कृष्ट २६ जना विद्यार्थी लाई नगद सहित पुरस्कृत गरिएको समितिका कोषाध्यक्ष टिकाराम कँडेलले जानकारी दिनुभयो ।