संघियता धान्न नसक्दा मुलकमा व्यापार घाटा बढ्यो – केसी

/ प्रकाशित मिति :
शनिबार, माघ ५ २០८१

बागलुङ, ५ माघ – राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले मुलुकले संघियता धान्न नसक्दा व्यापार घाटा बढेर गएको बताउनुभएको छ ।  राष्ट्रिय जनमोर्चाले बागलुङको गल्कोटमा आयोजना गरेको आमसभा लाई संवोधन गर्दै केसीले मुलुकको व्यापार घाटा २५ खर्व भन्दा बढेर गएकोले नेपाल असफल मुलुक बन्ने खतरा रहेको बताउनुभयो ।

एउटा सरकार चलाउन गा¥हो भएको बेला ८÷८ वटा सरकार चलाउन नसक्ने बताउदै बिदेशीले बोकाईदिएको संघीयताको भारी अब मुलुकले धान्न नसक्ने भएकोले खारेजीको बिकल्प नरहेको बताउनु भयो ।ठुला दलका कारण मुलुकमा भ्रष्टाचार मौलाउदै गएको चर्चा गर्दै उहाँले” “सहकारी ठगी, सुनकाण्ड, सरकारी जग्गा आफ्नो नाममा पास गर्ने जस्ता कार्य सरकार सञ्चालक बाट भएकोले राजनीति प्रति अविस्वास बढेको टिप्पणी गर्नुभयो ।

सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजीवी संघका काजीगाँउले श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष तथा जिल्ला सल्लाहकार टंक केसीको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारको प्रस्तुती रहेको थियोे ।