कपडा तथा फेन्सी व्यावसायी समितिको १५ औ साधारण सभा

/ प्रकाशित मिति :
मंगलबार, माघ १ २០८१

बागलुङ, १ माघ – कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङको १५ औ साधारण सभा  सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले खस्कीदो व्यापार व्यावसाय लाई माथि उठाउनका लागि सबै उद्योगी व्यावसायी एक हुनुपर्ने वताउनुभयो ।

उद्योग वाणिाज्य सघंद्धारा हुने मेला महोत्सव लगायत विभिन्न कार्यमा फेन्सी व्याव्सायीले महत्वपुर्ण भुमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले खस्किदो बजार लाई व्यवस्थीत गर्नका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने वताउनुभयो ।सल्लाहकार नरवहादुर केसीले जिल्लामा आन्तिरीक तथा वाह्य पर्यटकहरु भित्राएर व्यावसायको प्रवद्धन गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रमा उत्कृष्ट फेन्सी व्यावसायी भारी वस्त्रालय वानपा ३ का हरेराम भारी, वागलुङ बस्त्रालयका ईन्द्रराज श्रेष्ठ, मनोविज्ञान स्टोर्सका मनोविज्ञान श्रेष्ठ, प्रचण्ड फेन्सी स्टोर्सका प्रचण्ड श्रेष्ठ लाई सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो । सो अवसरमा सचिव प्रेमलाल गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मातृका प्रसाद आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दलबहादुर कार्की डिबीको अध्यक्षता, उपाध्यक्ष गोकुल प्रसाद कँडेलको स्वागत र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।