दोस्रो मेमोरियल फुटबल प्रतियोगिताकोे ट्रफि अनावरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष २८ २០८१

दोस्रो मेमोरियल फुटबल प्रतियोगिताकोे ट्रफि अनावरण गरिएको छ । बागलुङ एकता क्लबले आयोजना गर्ने दोश्रो संस्करणको मेमोरियल फुबल प्रतियािगिताको ट्रफि अनावरण गरिएको हो ।
पौष २९ गते देखि माघ ५ गते सम्म संचालन हुने खेलको आईतबार बागलुङ कालिका मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गरि ट्रफि अनावरण गरिएको क्लबका ईन्सान थापाल जोशीले जानकारी दिए ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डा.कुमार खड्का, नेपाल पत्रकार महासंघ, बागलुङ अध्यक्ष राम थापा अविरल, एन्फा बागलुङका अध्यक्ष जय राजभण्डारी लगायत ब्यक्तिहरुबाट सयुक्त रुपमा ट्रफि अनावरण गरेका हुन् ।


२०७९ सालमा स्थापना भएको क्लबले आफ्ना दिवांगत भएका सदस्यहरुको सम्झना स्वरुप गत वर्ष देखि ममोरियल फुटबल प्रतियोगिता गर्दै आएको अध्यक्ष थापाले बताए ।
धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचार प्रशार गर्ने र प्रतियोगितालाई पर्यटनसँग जोड्ने उदेश्यसहित फुटबल प्रतियोगिता सञ्चालन गरेकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष राम बहादुर थापाले शु्भकामना व्यक्त गरे ।
प्रतियोगितामा बागलुङ, म्याग्दी, मुस्ताङ गरि १४ टिमको सहभागिता रहेको खेलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडिको समेत उपस्थिति रहने क्लबले जनाएको छ ।
खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडि, कोच, उच्च स्कोर गर्ने खेलाडिलाई पुरस्कृत गर्ने खेलमा बिजेता हुने टिमले १ लाख २२ हजार २ सय २२ र उपबिजेताले ६६ हजार ६ सय ६६ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
क्लबका अध्यक्ष ईन्शान थापाले अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन पत्रकार रोहन जि.सीले गरेका थिए ।