रेडक्रस मालिका उपशाखाको सभापतिमा मातृका प्रसाद आचार्य

/ प्रकाशित मिति :
आइतबार, पुष २८ २០८१

बागलुङ, २८ पुस– नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाको सभापतिमा मातृका प्रसाद आचार्य सर्वसम्मत चयन हुनुभएको छ । उपशाखाको १६ औ साधारण सभा तथा छैठौ अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उप–सभापतिमा राधा कुमारी शर्मा, सचिव एक प्रसाद सापकोटा, कोषाध्यक्षमा दिपक आचार्य ,उप–कोषाध्यक्षमा गोविन्द प्रसाद सापकोटा र उप–सचिवमा सन्तोष बोहोरा रहनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा रेनुका पन्त,जयभद्र सापकोटा, प्रेम प्रसाद सापकोटा, शिव बहादुर कुँवर र नन्दलाल सापकोटा निर्वाचित भएको निवर्तमान सभापति रेशमलाल सापकोटाले जानकारी दिनुभयो ।

अधिवेशन तथा साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले गर्नुभएको थियो ।