रेडक्रस मालिका उपशाखाको १६ औ वार्षिक साधारण सभा

धौलागिरी एफएमका कँडेललाई सम्मान
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष २८ २០८१

गण्डकी प्रदेश सभा सदस्य गोबिन्द नेपालीले सामाजिक तथा मानविय सेवामा सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाको १६ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनको उद्घाटन गर्दै उहाँले रेडक्रसकर्मीहरु विशुद्ध सेवा भावका साथ मानविय सेवामा लाग्नुपर्ने वताउनुभयो ।
मौसमजन्य आपतकालिन अवस्था तथा अन्य मानविय सेवामा रेडक्रसले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्दै उहाँले रेडक्रसको गरिमा लाई सदैव उच्च राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले रेडक्रस मालिका उपशाखाले भवन बनाउन चाहेमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडानम्वर –५ का अध्यक्ष हरिप्रसाद शर्मा, पुर्व अध्यक्ष शिव प्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाईटी बागलुङका कोषाध्यक्ष जिवननाथ शर्मा रेग्मी, गैरसरकारी सस्था महासघंका अध्यक्ष मुक्तिराम सापकोटा, कुवेरधामका सचिव कालिका सापकोटा र अन्र्तपार्टी महिला संजालका अध्यक्ष सिता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सचिव मातृका प्रसाद आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पत्रकारिताको माध्यम वाट रेडक्रसको क्षेत्रको योगदान पुर्याएको कदर गर्दै पत्रकार कोपीला कँडेललाई सम्मान गरिएको थियो ।
धौलागिरी एफएम, धौलागिरी टेलिभिजन र रेडियो नेपालका काम गर्दै आउनु भएकी कँडेललाई गण्डकी प्रदेश सभा सदस्य गोविन्द नेपाली मालिका उपशाखाका सभापति रेशमलाल सापकोटा र वडाअध्यक्ष हरिप्रसाद शर्माले सम्मान पत्र सहित संयुक्तरुपमा सम्मान गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति रेशमलाल सापकोटाको अध्यक्षता, उपसभाति राधाकुमारी शर्माको स्वागत र सचिव मातृका प्रसाद आचार्यको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।