धौलागिरी एफएमका सह–सम्पादक कँडेललाई पुरस्कार

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २७ २០८१

प्रेस सेन्टर नेपाल बागलुङमा स्थापना भएको भक्तजगकुमारी पत्रकारिता पुरस्कार कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार धौलागिरी एफएमका सह–सम्पादक कोपिला कँडेललाई प्रदान गरिएको छ ।

त्यसैगरि श्याम–चन्द्रकली स्मृति पत्रकारिता’ पुरस्कारबाट पत्रकार संगम घर्तीलाई सम्मान गरिएको थियो ।


सेन्टरको छैठौं अधिवेशन तथा सोह्रौं साधारण सभाबाट कँडेल र घर्तिलाई नगद १०,००० सहित पुरस्कृत गरिएको हो ।
पत्रकारीता क्षेत्रमा योगदान पुर्याएबापत हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।