प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा जिवनकला खत्री सरिता

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २७ २០८१

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा जिवनकला खत्री सरिता चयन हुनु भएको छ । प्रेस सेन्टर नेपाल बागलुङको छैठौ जिल्ला अधिवेशन तथा सोहै साधारणसभाले जिवनकला खत्री (सरिता)को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनिष खाती, शर्मिला रोका, सचिवमा विनोद प्रतिक, कोषाध्यक्षमा दिलिप प्रतेल, सह–सचिबमा बिपना आचार्य र दिनेश जिसी रहनु भएको छ । सदस्यमा शिशिर बिक, सन्तु बुढाथोकी, बिमल खड्का, बिशाल बिक, ज्ञानबहादुर सिँह, योगेन्द्र बिश्वकर्मा र शान्ति रसाइली रहनु भएको छ ।
राष्ट्रिय महाधिवेशन प्रनिनिधिमा राजेशचन्द्र राजभण्डारी र थम्मन थापा ‘सन्देश’ र गण्डकी प्रदेश प्रनिनिधिमा बद्रीप्रसाद शर्मा, वीरबहादुर चोखाल र कोपिला कँडेल छनौट हुनु भएको छ ।
सो अवसरमा धौलागिरि एफएमका सहसम्पादक कोपिला कँडेल र पत्रकार संगम घर्तीलाई सम्मान गरिएको थियो । एफएमका सहसम्पादक कँडेललाई भक्तजगकुमारी र पत्रकार घर्तीलाई ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता’ पुरस्कारबाट नगद १० हजार सहित पुरस्कृत तथा सम्मान गरिएको हो ।


कार्यक्रमको उद्घाटन प्रेस सेन्टरका सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेशचन्द्र राभजण्डारीले गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर बुढा, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, प्रेस सेन्टरका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारी, गण्डकी प्रदेश महासचिव सन्तोष गौतमले मंतव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, सम्मानित व्यक्तित्व कोपिला कँडेल, सम्मानित व्यक्तित्व एवँ प्रेस युनियन जिल्ला अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारीका सचिव अर्जुन कार्की र प्रगतिशिल पत्रकार संघका केन्द्रिय सल्लाहकार किरण आचार्यले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारी सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता उपाध्यक्ष जिवनकला खत्री सरिताको स्वागत र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।