सरकारले सहकारी सम्बन्धि अध्यादेश हचुवाको भर ल्यायोः खगराज अधिकारी

गुहेली सञ्चारको १८ औं बार्षिक साधारणसभा सम्पन्न
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २६ २០८१

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताएका छन् । सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा रहन नसक्ने जस्ता अव्यवहारीक व्यवस्था अध्यादेशले गरेको उनको भनाई थियो ।
ऋणको सिमा तोकिए पनि बचतको सिमा तोक्न नहुने उनले बताए । उनले सहकारी सम्बन्धि अध्यादेशका अव्यवहारीक व्यवस्थाहरु पुरक कानून मार्फत सच्यानुपर्नेमा जोड दिए । सहकारी क्षेत्रमा चौतर्फी घराबन्दी भएको भनदै अधिकारीले देशको अर्थतन्त्रका तीन खम्मा मध्येको एक खम्वामा प्रहार गरेर केही सहकारीको कमजोरीलाई सबै सहकारीको कमजोरिको रुपमा लिईने गरेको उनले बताए ।


गुहेली सञ्चार सहकारी संस्था बागलुङको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले सहकारी क्षेत्रमा आएका केही स्वार्थ समुहका कारण एकाद सहकारीमा समस्या देखिनु सिगो सहकारी क्षेत्रको समस्या नभएको जिकीर गरे । अधिकारीले सहकारीले गरिखाने बर्गलाई बचत गर्न र उत्पादन गर्न सिकाईरहेको भन्दै देशका हरेक क्षेत्रमा सहकारीले का मगर्नसक्ने वातावरण बनाउनुपर्ने बताए । उनले सहकारी संस्थामा कोही मालिक नहुने भन्दै शेयर सदस्य सबै सहकारीका मालिक हुने सुन्दर व्यवस्था रहेको बताए ।
सहकारीको साधारणसभा उद्घाटनमा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्मा, सहकारीकर्मी टिकाराम सापकोटा, चुडामणी उपाध्याय, चन्द्रमणी उपाध्याय, पत्रकार उमाकान्त शर्मा लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमालको स्वागत र सचिव सुर्य थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघमा निर्वाचितलाई सम्मान

गुहेली सञ्चार सहकारी संस्था बागलुङले नेपाल पत्रकार महासंघका बिभिन्न तहमा निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो १८ औं बार्षिक साधारणसभाका अवसरमा गत मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको अधिबेशनबाट निर्वाचित शेयर सदस्यहरुलाई सम्मान गरेको हो । पत्रकार महासंघको एसोसिएट प्रदेश सचिवमा निर्वाचित बिक्रम सुनुवार, गण्डकी प्रदेश सदस्यमा निर्वाचित रञ्जिता शर्मा, बागलुङ जिल्ला सदस्यमा निर्वाचित अर्जुन कार्की, प्रकाश बराल, बालकृष्ण सुवेदी र प्रदेश परिषद सदस्य चन्द्र गणेश र खिमबहादुर कार्कीलाई सम्मान गरेको हो । उनीहरुलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले दोसल्ला ओडाएर सम्मान गरे । सहकारीले उत्कृष्ट बचत कर्ता, जेष्ठ शेयर सदस्य र उत्कृष्ट बालबचत कर्तालाई सम्मान गरेको थियो ।