बागलुङ नगरपालिकालाई चालु आर्थिक वर्षमा ७९ करोड भन्दा बढि राजश्व तथा अनुदान प्राप्त

बागलुङ नगरपालिकाको १६ औ नगरसभा सम्पन्न
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २६ २០८१

बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षको हालसम्ममा ७९ करोड ७७ लाख ९० हजार ७ सय रुपैया राजस्व संकलन तथा अनुदान प्राप्त गरेको छ ।
चालु आर्थिक बर्ष २०८१/०८२ को साउन १ गतेदेखि पौष २३ गतेसम्म नगरपालिकाले ७९ करोड ७७ लाख ९० हजार ७ सय रुपैया २२ पैसा राजस्व संकलन तथा अनुदान प्राप्त गरेको हो ।
बागलुङ नगरपालिकाको १६ औ नगरसभामा उपप्रमुख राजु खड्काले चालु आर्थिक बर्षको नीति, कार्यक्रम र बजेजमाथीको संक्षिप्त समिक्षात्मक प्रगति बिवरण प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१÷०८२ को लागि १ अर्ब ६४ करोड ५८ लाख ४ हजार ३ सय ५७ रुपैया राजस्व अनुमान स्वीकृत गरिएकोमा पौष २३ गतेसम्म आइपुग्दा ७९ करोड ७७ लाख ९० हजार ७ सय रुपैया २२ पैसा राजस्व संकलन तथा अनुदान प्राप्त गरेको जानकारी दिनुभयो ।
संघिय सरकारबाट ६७ करोड ६२ लाख ९५ हजार ८० रुपैया, गण्डकी प्रदेश सरकारबाट १ करोड ६३ लाख ३८ हजार रुपैया, राजस्व बाँडफाँडबाट ५ करोड ११ लाख ८ हजार १ सय १३ रुपैया १० पैसा र आन्तरिक श्रोत तर्फ बैँक मौज्दात गरि ५ करोड ४० लाख ४९ हजार ५ सय ५० रुपैया १२ पैसा गरि ७९ करोड ७७ लाख ९० हजार ७ सय रुपैया २२ पैसा अर्थात ४८ दशमलव ४७ प्रतिसत यथार्थ राजस्व संकलन तथा अनुदान प्राप्त गरेको उहाँले बताउनुभयो ।


त्यसैगरि चालु आर्थिक बर्षको यो अवधिमा बिभिन्न शिर्षकमा गरी ४१ करोड १६ लाख ३७ हजार ९ सय ४५ रुपैया ५५ पैसा खर्च अर्थात २५ दशमलव १ प्रतिसत बित्तीय प्रगती भएको उहाँले नगरसभामा जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको नीति, कार्यक्रम र बजेजमाथीको संक्षिप्त समिक्षात्मक बक्तव्य प्रस्तुत गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न चालु आर्थिक बर्षको बजेट मार्फत अधिकतम प्रयत्न गरिएको बताउनुभयो । उहाँले स्थानिय तह जनताको सवैभन्दा नजिकको सरकार भएकाले जनताको आकाँक्षा अनुसार काम गर्न लागि परेको बताउनुभयो ।
कार्यक्रममा बिद्यायन समितिको संयोजकबाट ऐनको मस्यौदा प्रस्ताव पेश, आर्थिक ऐन २०८१ को संशोधन प्रस्ताव पेश सहित छलफल, चालु आर्थिक बर्षको स्वीकृत आयव्ययको संशोधन प्रस्ताव माथि छलफल पनि गरिएको थियो ।