श्री कृष्ण आधारभुत विद्यालयको ६४ औ वार्षिकोत्सव

/ प्रकाशित मिति :
बिहिबार, पुष १८ २០८१

बागलुङ, १८ पुस– श्री कृष्ण आधारभुत विद्यालय बानपा ५ मालिका बान्द्र्रेको ६४ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका पुर्व पर्यटन मन्त्रि मणिभद्र शर्मा कँडेलले गर्नुभएको थियो ।

उद्घाटन पछि बोल्दै उहाँले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय धेरै उत्कृष्ट भएको दावी गर्नुभयो । हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने खालको शिक्षा सामुदायिक विद्यालयले मात्र दिन सक्ने भन्दै उहाँले राज्यको लगानी खेर जान नदिन आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमानै पठाउनुपर्नेमा जोड दिनुभयो ।शिक्षाको क्षेत्रमा श्री कृष्ण आधारभुत विद्यालयले खेलेको भुमिका निकै प्रसंशनिय रहेको उहाँको भनाई थियो ।

सो अवसरमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकृत पुर्ण घर्ति, पुर्व वडा अध्यक्ष शिव प्रसाद सापकोटा, कार्यपालिका सदस्य चक्रपाणी सापकोटा,विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमप्रसाद सापकोटा, बलराम सापकोटा, गणेश माबिका शिक्षक एकनारायण रिजाल, अभिभावक शिव आचार्य, अञ्जु सापकोटा, विद्यार्थी शुभम सापकोटा, आयुस्मा रिजाल,अञ्जली थापा, सौगात सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले आर्थिक प्रतिवेदन र शिक्षक घनस्याम रिजालले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा अक्षयकोषदाता, चन्दादाता, विभिन्न प्रतिगोगितामा उत्कृष्ट हुने विद्यार्थी लगायत लाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाको अध्यक्षता, शिक्षक रेशम बहादुर केसीको स्वागत र अर्का शिक्षक जयभद्र सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा श्री कृष्ण आधारभुत जाने मोटरबाटो पनि उद्घाटन गरिएको थियो ।विद्यालयमा पुग्नका लागि सहज होस भन्ने उदेश्यले कालिओडारदेखी विद्यालय पुग्ने वाटो निर्माण गरिएको प्रधानाध्यापक दयाराम सापकोटाले जानकारी दिनुभयो । प्रदेश सरकार र स्थानिय सरकारको करिब १० लाख लगानीमा वाटो बनाईएको विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम सापकोटाले जानकारी दिनुभयो । बाटोको पुर्वमन्त्रि मणिभद्र कँडेलले उद्घाटन गर्नुभएको थियो ।