नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाको १४औँ साधारण सभा

/ प्रकाशित मिति :
आइतबार, पुष ७ २០८१

बागलुङ, ७ पुस– नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १४औँ साधारण सभा शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समाजसेवी तथा संस्थाका जेष्ठ शेयर सदस्य पोटकुमारी जिसीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी संघसंस्थाको विकासका लागि संचालक र कर्मचारी ईमान्दार बन्नुपर्ने वताउनुभयो । सहकारीमा जम्मा गरेको रकम व्याक्तिले हिनामिना गर्दा सहकारी लाई हेर्ने नजर नराम्रो हुँदै गएको जिसीले बताउनुभयो ।

सहकारीका संस्थापक अध्यक्ष बल बहादुर खड्काले सहकार्यको माध्यमबाट मात्र सहकारी सघंसंस्था सफल हुने भन्दै खड्काले संस्थागत बिकासका लागि सामुहिक रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्थाका पुर्व अध्यक्ष अध्यक्ष हेम बहादुर खत्रि, सल्लाहकार दिल बहादुर कार्की अधिवक्ता रमेश वहादुर खड्का गणेस कृषि सहकारी संस्था सिगानाका अध्यक्ष राम बहादुर खड्का, स्वाभिमान बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकला थापा,नवरत्न सहकारी संस्थाका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष देबवहादुर खड्काले अध्यक्षको प्रतिवेदन, सचिव मेजर तेज बहादुर खत्रिले प्रगति प्रतिबेदन, कोषाध्यक्ष प्रेम बहादुर क्षेत्रीले आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिबेदन र शिक्षा उपसमिति संयोजक हस्त बहादुर खड्काले प्रस्तुत गरेको शिक्षा समितिको प्रतिबेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

सो अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य हर्कवहादुर खड्का र हरिकला क्षेत्री लाई सम्मानपत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।त्यसैगरी असल ऋणी,असल उत्कृष्ट बचतकर्ता, असलबाल बचतकर्ता लगायत दुई दर्जन बढिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम नवरत्न बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष देब बहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरि वहादुर कार्कीको स्वागत मन्तव्य र सचिव मेजर तेज बहादुर खत्रिको संचालनमा सम्पन्न भएको थियो ।