देशको सम्मानित क्षेत्र र समाजको ऐनाको रुपमा रहेको पत्रकारीता क्षेत्रः मन्त्री पाठक

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, पुष ४ २០८१

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आठौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको गत मंसीर २८ गते सम्पन्न आठौ अधिवेसनबाट राम थापा अविरलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको घोषणा सहित निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले सपथ गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष राम थापालाई निवर्तमान अध्यक्ष नरेश कँडेलले पदस्थापन गराउनु भएको थियो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृृष्णप्रसाद पाठकले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि पाठकले देशको सम्मानित क्षेत्र र समाजको ऐनाको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउन आवश्यक रहको बताउनुभयो ।
पत्रकारीताको क्षेत्रमा पनि बिभिन्न खालका समस्या देखिएको चर्चा गर्दै मन्त्री पाठकले यो क्षेत्रमा राजनितिक करण आवश्यक नरहेकोमा जोड दिनुभयो । पत्रकारीतालाई राजनितीकरण गर्दा स्वतन्त्र र निष्पक्षतामा प्रश्न चिन्ह खडा भएको उहाँको भनाई थियो ।


प्रतिवद्धता मंतव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष राम थापा अविरलले पत्रकारहरुको मात्र महासंघ बनाउन निरन्तर रुपमा लागि पर्ने बताउनुभयो । उहाँले महासंघ र पत्रकारलाई प्रवृद्धिमैत्री र नागरिक पत्रकारीताका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एवँ पूर्व मन्त्री दिपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचन, दिलमाया पौवी, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य, महासंघका सल्लाहकार तारानाथ आचार्य र पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता सहित स्वागत, सचिव बिजय राना र नवनिर्वाचित सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।