बागलुङ बहुउद्देश्यीय सहकारी बिरुद्ध आएको आरोप गलत: अध्यक्ष राजभण्डारी

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर १८ २០८१

बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय संस्थाको बिरुद्ध आएको आरोप गलत भएको जनाएको छ ।
संस्थाले एक बिज्ञप्ती जारी गर्दै पछिल्लो समय संस्थाको बिरुद्ध बिभिन्न संचार माध्यममा आएको आरोप सहितको समाचारप्रति ध्यानाकषर्ण भएको समेत जनाएको हो ।
सहकारीका पूर्व प्रवन्धक दिनेश पन्तले सहकारीको अभियानलाई गिराउनका लागि बिभिन्न संचार माध्यममा दुरासय युक्त समाचार दिएर सहकारीलाई बदनाम गराउन खोजेको बिज्ञप्ती मार्फत जनाइएको छ ।
संस्थाका अध्यक्ष अशोकगोविन्द राभण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा संस्थाको प्रवन्धकको रुपमा कार्यरत पन्तलाई मिति २०८१ जेठ २८ गतेको बैठकको निर्णयले भदौ ३१ गतेसम्मको पदावधी थपेको त्यसपछि निजको कार्यकाल सकिएको र काम गर्न नपाएको रिसमा अनावश्यक आरोप लगाएको जनाइएको छ ।
बिज्ञप्तीमा संस्थामा नियमित रुपमा आर्थिक करोवार भैरहेको र स्वयम पन्तले कम्प्युटरको पासवर्ड, दराजको चावी अन्य आवश्यक कागजपत्रहरु बरबुझादत नगरेको उल्लेख गरिएको छ । पन्तले नगरपालिकाका मेयरबिरुद्ध अभद्र तरिकाले प्रस्तुत भएको बिज्ञप्तीमा जनाएको छ ।