बागलुङमा १५ दिने बुट्टेनली तालिम सम्पन्न

/ प्रकाशित मिति :
शनिबार, मंसिर १५ २០८१

बागलुङ, १५ मंसिर –नेपाल हस्तकला महासंघ काठमाडौंको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा १५ दिने बुट्टेनली पुनर्ताजगी बागलुङमा सम्पन्न भएको थियो । मंसिर १ गते देखी शुरु भएको १५ दिने तालिमको शनिबार समापन गरिएको हो ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै हस्तकला महासघंका कार्यवाहक अध्यक्ष सनाम शाक्यले बागलुङको पहिचान बोकेको बुट्टेनलीको संरक्षणका लागि हस्तकला महासघंले निरन्तर सहयोग गर्ने वताउनुभयो । हराउदै गएको बुट्टेनली लगायत विभिन्न परम्परागत कला संस्कृतिको संरक्षणगर्नका लागि सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष दिपेन्द्र शाक्यले युवा पुस्ता विदेश पलायन हुँदा कला संस्कृति हराउदै गएको वताउनुभयो । कार्यक्रममा बागलुङ हस्तकला संघको संस्थापक संरक्षक संरक्षक प्राज्ञ प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार मुकेशचन्द्र राजभण्डारी,तालिमका प्रशिक्षक तेजन विश्वकर्मा र प्रशिक्षाथी सुजल शाक्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ जिल्लाको सबैभन्दा पुरानो पहिचान र सीप बुट्टेनली बिस्तारै लोप हुदै जान थालेपछि अहिले बागलुङ बागलुङ हस्तकला संघ संरक्षणमा जुटेको बागलुङ हस्तकला सघंका महासचिव सम्झना राजभण्डारी श्रेष्ठले जानकारी दिनुभयो । १५ दिने तालिमको सहजिकरण बागलुङको काठेखोलाका तेजन विश्वकर्माले गर्नुभएको हो ।

कार्यक्रम बागलुङ हस्तकला संघकाको अध्यक्षमा पुष्प किरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र महासचिव सम्झना राजभण्डारी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।