गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालनमा आयो

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर ६ २០८१

बागलुङको गलकोट स्थित गल्कोट नगर अस्पतालमा प्रसुती सेवा र शिशु उपचार सेवा संचालनमा आएको छ ।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उक्त सेवाको उद्घाटन गरेसंगै संचालनमा अएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी कार्यक्रम बनाउनुपर्ने आवस्यकता रहेको बताउनुभयो ।
त्यसका लागि मन्त्रालयमा तीन तहका कार्यक्रम बनाउने पहल भैरहेको उहाँको भनाई रहेको थियो । पौडेलले अस्पतालले दिने सेवाले नागरिकको विश्वास बढ्ने भएकोले नागरिकको चाहना अनुसारकै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व उपप्रधान मन्त्री चित्रबहादुर केसीले जनतालाई निशुल्क सेवा दिने काममा सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले निशुल्क भनेपनि सेवामा जनताले सास्ती खेपेको टिप्पणी गर्नुभयो । पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले गर्नुपर्ने काम प्रभावकारी हुनुपर्ने भन्दै शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्ने बताउनुभयो ।
तीन बर्षअघि स्थापना भएको नगर अस्पतालले सबैखाले सेवा संचालन गरेपछि ग्रामीण जनताले सेवा पाउन थालेका छन् । गलकोट नगरपालिकाले शुरु गरेको नगर अस्पतालले शल्यक्रिया सेवा पनि थालेको अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले बताउनुभयो ।