मंसिर ५ गते ग्रेस बागलुङले एडुभर्स मेला गर्ने

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर ४ २០८१

ग्रेस इन्टरनेसनल बागलुङमा एडुभर्स (२०२४) नामक शैक्षिक मेला हुने भएको छ । यही मंसिर ५ गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरूलाई कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै मेलामा उपस्थित सबै जनालाई लक्की म्चबध Draw मार्फत विभिन्न उपहार प्रदान गरिने पनिउनले बताए ।
ग्रेस इन्टरनेसनलले आयोजना गरेको उक्त मेला देशका विभिन्न सहरमा गर्न लागेको छ । मेलामा अस्ट्रेलिया क्यानडा न्युजिल्यान्ड युके अमेरिका साउथ कोरिया जापानलगायतका विभिन्न विश्वबिद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श गर्ने पौडेलले जानकारी दिए ।
मेलामा विद्यार्थीहरूले १५ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष वैदेशिक अध्ययन सम्बन्धी समग्र जानकारी लिनपाउने छन् । स्पट एड्मिसन अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसर प्राप्त गर्न सक्ने उनले बताए । जसले गर्दा उनीहरूको वैदेशिक अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने पौडेलले बताए ।
आफ्नो अध्ययन गन्तव्य छान्न विद्यार्थीलाई सहज हुनुका साथै गइसकेपछिका चुनौती र अवसरका बारेमा पनि विद्यार्थीहरूलाई परामर्श उपलब्ध गराउने उद्देश्य ग्रेस इन्टरनेसनलले लिएको छ ।

बागलुङ जस्तो सानो सहरमा पनि बारम्बार यस्ता कार्यक्रम आयोजना गरी ग्रेस इन्टरनेसनलले विद्यार्थीका अफ्ट्यारालाई सहज बनाउँदै सही जानकारी मात्रै साटासाट गर्ने हुनाले यो अवसर नगुमाउन पनि पौडेलले सम्पूर्ण विद्यार्थी एवम् अबिभावकहरुमा अनुरोध गरेका छन् ।