जैमिनी नगरकै अस्तित्व संकटमा पर्ने चिन्ता

धौलागिरी संवाददाता / प्रकाशित मिति :
सोमबार, मंसिर ३ २០८१

बढ्दो बसाईसराई, घट्दो जनसंख्या र आन्तरिक आयका स्रोतहरु खुम्चिँदा नगरपालिकाकै अस्तित्व संकटमा पर्नेमा सरोकारवालले चिन्ता व्यक्त गरेका छन् ।
बागलुङको जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा सहभागिले नगरमा घट्दो जनसंख्या र बढ्दो बसाईसराईबारे चिन्ता व्यक्त गरेका हुन ।
वडा नम्बर ८ को छिस्तीमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख नर बहादुर पुनले प्रतिवर्ष नगरपालिकाको राजश्व कम संकलन हुँदै गएको भन्दै चालु आर्थिक वर्षमा राजश्व सुधार रणनीति तयार गरेर काम गर्न थालिएको बताउनुभयो ।
बसाईसराई संसारभरिकै समस्या रहेको उल्लेख गर्दै उहाँले जैमिनीले बसाईसराई रोक्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा योजनाबद्ध काम गरिरहेको जानकारी दिनुभयो । नगरपालिकामा राजश्व कम संकलन हुनु, संघ र प्रदेशबाट आउने बजेट समेत कम हुँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उहाँको भनाई थियो ।
उपप्रमुख हरिहर शर्माले बालमैत्री नगरपालिका, लिड विद्यालय, जैमिनीकी छोरी, जग्गा वर्गिकरण, सडक विकास गुरूयोजना जस्ता केही कार्यक्रम सुरु गरिएको र केही कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाईको केही तस्विरहरुः

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an image of 7 people and text

May be an image of 5 people

May be an image of 2 people and text

No photo description available.

May be an image of 1 person

No photo description available.

No photo description available.

May be an image of 8 people