रंगवैकटेश मुक्तिनारायण मन्दिरको साधारण सभा तथा ८४ व्यञ्जनको भोग

/ प्रकाशित मिति :
बिहिबार, कार्तिक २९ २០८१

बागलुङ, २९ कार्तिक– बागलुङ नगरपालिका ४ स्थित श्री रंगवैकटेश मुक्तिनारायण मन्दिर कुडुले फेदीको १९ औ साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै वागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काले धार्मिक संरचना मार्फत बागलुङमा पर्यटकिय क्षेत्रको विकास हुँदै गएको वताउनुभयो ।उहाँले कुडुलेमा स्थापित शालग्राम संग्रालयका कारण मुक्तिनाथ पुग्ने अधिकांश पर्यटक बागलुङ भित्रिन थालेको भन्दै धर्म संस्कृति र पर्यटनको क्षेत्रमा मुक्तिनारायण मन्दिरले महत्वपुर्ण भुमिका निर्वाह गरेको वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय वागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेल र पुर्व सांसद मनकुमारी केसी जिसीले धार्मिक सम्पदाको विकास गरी पर्यटक भित्राउनका लागि सवैको ध्यान जानुपर्ने वताउनुभएको थियो ।कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति र कोषाध्यक्ष विदुरप्रसाद शर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मन्दिरको गत वर्षको आम्दानी दुई करोड ७४ लाख १५ हजार दुई सय दुई र खर्च पनि दुई करोड ७४ लाख १५ हजार दुई सय दुईनै भएको कोषाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद उपाध्यायको स्वागत र सचिव रामकृष्ण सापकोटाको संचालनमा सम्पन्न भएको थियो । यसैविच श्री रंगवैकटेश लक्ष्मीनारायण मन्दिर कुडुले फेदीमा अन्नुटउत्सव समेत गरिएको थियो ।

सो अवसरमा मन्दिरमा ८४ प्रकारका भोजनको भगवान लाई भोग लगाईएको छ ।

मन्दिर स्थापनाकाल देखीनै नयाँ खेतीपाती थन्काईसकेपछि हरिबोधनी एकादशी लगत्तै अन्नकुट उत्सव तथा अन्नदोष नास गर्नका लागि वर्षेनी ८४ व्यञ्जनको भगवान लाई भोग लगाईदै आएको मन्दिर व्यववस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले वताउनुभयो । कार्यक्रमका अवसरमा सामुहिक भोजन गरिएको थियो ।