गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

/ प्रकाशित मिति :
बिहिबार, कार्तिक २९ २០८१

बागलुङ, २९ कार्तिक– गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

डेंगु लागेर उपचार गराउदै आउनुभएकी गौचनलाई गएराति हृदयघातका कारण निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुभएको थियो ।