रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २५ २០८१

सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले आइतबार अनुमति दिएको छ।

काकी जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । लामिछाने यही कात्तिक २ गते पक्राउ परेका थिए ।