रुकुमबाट काठमाडौं आउदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, कार्तिक २१ २០८१

रुकुमबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोला–६ जाउलेपानीमा ना.८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको छ ।
बस दुर्घटना हुँदा बसमा सवार ४०/४५ जना सवार मध्य २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बताएको छ ।
दुर्घटनामा परि चार जना गम्भिर र १७ जना सामान्य घाइते भएकालाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र बुर्तिवाङ पठाईएको प्रहरीले जानकारी दिएको छ ।
ब्रेकफेल भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ । घटनाको थप विवरण र घाईतेहरुको नामवली खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।