३ सय बढि कर्मकाण्ड गर्ने गुरुपुरोहितलाई एउटै मञ्चमा सम्मान

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक १६ २០८१

श्रीरंङ्ग वैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीमा दिवंगत स्वामी श्रीधराचार्यको २५ औँ पुण्यतिथीका अवसरमा धौलागिरी क्षेत्रमा रहेर विभिन्न एउटै मञ्चवाट ३ सय जना कर्मकाण्ड गर्ने गुरु पुरोहित र पण्डितहरुलाई सम्मान गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य र स्वामी डा. पुरुषोक्तमाचार्यले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्ने वक्ताले कर्मकाण्ड गराउने व्यक्तिहरुको हरेक ठाँउ र क्षेत्रमा अपमान व्यहोर्नुपरेको गुनासो गरे । उहाँहरुले जन्मदेखी मृत्यु सम्मका कर्मकाण्ड गराउने गुरुहरुको योगदानलाई अवमुल्यन गरी अपमान गर्नु हिन्दुधर्म माथिको प्रहार भएको गुनासो गरेका थिए ।।
कार्यक्रमको उद्घाटन गर्नु हुँदै डा. स्वामी पुरुषोत्तमाचार्यले जन्मदेखी मृत्यु सम्मका सबै संस्कार सम्पन्न गराउने गुरुप्रति हुने गरेका टिका–टिप्पणीको सामना गर्नका लागि सबै ब्राम्हण पुरोहितहरुले आफ्ना कमीकमजोरी सच्चाउदै लैजानुपर्ने बताउनुभयो ।


सो अवसरमा स्वामी जगन्नाथ आचार्य, पण्डित राम प्रसाद आचार्य, डा. जगन्नाथ रेग्मी, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बोल्नुभएको थियो ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, मुक्तिनाथ वेदविद्याश्रम संस्कृत पाठशाला व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद शर्माको स्वागत र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।