धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक १५ २០८१

धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले नियुक्तीको पत्र प्रदान गर्दै स्वागत समेत गरेका छन् ।

मन्त्रीपरिषद पोखराको कात्तिक १३ गतेको पत्र बुझेपछि तिवारीले अस्पतालको नेतृत्व संहालेका छन् । पदभार ग्रहण गरेका तिवारीले जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्ने बताए । उनले अस्पताललाई चुस्त व्यवस्थापन बनाउन सबै तह र तप्काको साथ र सहयोगको पनि अपेक्षा गरेको बताए । पदभार ग्रहण पछि अध्यक्ष पौडेलले पनि अस्पतालको व्यवस्थापन चुस्त बनाउन तिवारी नेतृत्व सफल हुनुपर्ने धारणा राखे । अस्पतालका निमित्त मेसु प्रभातसिंह राजपुतको अध्यक्षता, डाक्टर अमित ढुंगानाको स्वागत मन्तव्य र नवराज शर्माको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।