साफः श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेता बन्यो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक ८ २០८१

साफ वुमन्स च्याम्पियनसिपमा को रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक-एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।