धौलागिरी एफएमका कृष्ण संयोग सहित २ पत्रकार सम्मानित

धौलागिरी एफएम सवाददाता / प्रकाशित मिति :
शुक्रबार, असोज ४ २០८१

बागलुङका तीन क्रियाशिल पत्रकारलाई काठमाडौंमा सम्मान गरिएको छ । उपमा सञ्चार प्रा.लि.ले शुक्रबार आयोजना गरेको साँस्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८१ को अवसरमा पत्रकार राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा र कृष्ण संयोगलाई दोसल्ला ओढाएर दशक पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
पत्रकारितामार्फत नेपाली संगीत क्षेत्रको उत्थान र प्रवद्र्दन गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा र कृष्ण संयोगलाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी र उपमा सञ्चार प्रालिका अध्यक्ष आशा गौतमले संयुक्त रुपमा सम्मान गरेका थिए ।

चार दशकदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल राजभण्डारी एभिन्युज टेलिभिजनसंगै हिडनखबर डटकममा आवद्व छन् । अर्का सम्मानित शर्मा एपिवान टेलिभिजन र संयोग धौलागिरि एफएम र ढोरपाटनमा आवद्व छन् ।