न्यु एभरेष्टमा भित्ते पत्रिकामार्फत प्रकृति संरक्षणका कुरा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, भाद्र २ २០८१

बागलुङ नगरपालिका १ रामरेखास्थित न्यु एभरेष्ट एकेडेमीले भित्ते पत्रिकामार्फत प्रकृति संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा प्रतिभावान बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । धेरै पढेकाले भन्दा फरक प्रतिभा भएकाले जिवनमा ठुलो उपलब्धी हासिल गरेका थुप्रै उदाहरण दिंदै किताब घोकाउनभन्दा व्यवहारिक र क्षमतावान बनाउनुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा वडा नं. १ का अध्यक्ष जयबहादुर खत्री, विद्यालयका अभिभावक धनबहादुर परियार, ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य र विद्यार्थी अनुषा कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका गतिविधीबारे प्रिन्सिपल कृष्णराज अधिकारीले जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यार्थीले प्रकृति संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी भित्ते लेखन सामग्री प्रस्तुत गरेका थिए । उनीहरुले तयार गरेका विभिन्न प्रकारका सामग्रीलाई प्रतियोगितात्मक रुपमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा पहेलो ग्रुप प्रथम, निलो द्धितिय, हरियो तृतिय र रातो सान्त्वना भए । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो ।
यस्तै, गत महिनाका उत्कृष्ट शिक्षक सुनिता क्षेत्री, सुनिता थापा, माधव चापागाइं र भुवन परियारलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत सबैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र प्रिन्सिपल कृष्णराज अधिकारीले पुरस्कारसहित सम्मान गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाईको स्वागत र शिक्षक प्रवेश मुखियाको संचालनमा सम्पन्न भएको थियो ।