वर्षा संगै आएको पहिरोले कालीगण्डकी करिडोर पुर्णरुपमा अवरुद्ध

/ प्रकाशित मिति :
मंगलबार, साउन २२ २០८१

बागलुङ,२२ साउन –अविरल वर्षाले पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी करिडोर पुर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको कँडेलले बताउनुभयो ।सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ ।

गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।