पञ्चकोटको कार्यसमिति पुर्नगठन, अध्यक्षमा जगन्नाथ आचार्य

/ प्रकाशित मिति :
आइतबार, साउन २០ २០८१

बागलुङ, २० साउन – बागलुङ नगरपालिका – ६ स्थित सर्वशिद्धिधाम पञ्चकोटको अध्यक्षमा जगन्नाथ आचार्य सर्वसम्मत चयन हुनु भएको छ ।
सर्वशिद्धिधाम पञ्चकोटका परिकल्पनाकार अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर श्री १ हजार ८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बावाको सहितको एक भेलाले आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रुद्रबहादुर केसी, महासचिवमा माधव प्रसाद उपाध्याय , कोषाध्यक्षमा कुल प्रसाद उपाध्याय, सचिवहरुमा गुरु प्रसाद सापकोटा र नारायण प्रसाद आचार्य चयन हुनु भएका छन् ।

यसैगरी समितिका सदस्यहरुमा टिकाराम सापकोटा, कृष्ण प्रसाद आचार्य, शालिग्राम सापकोटा, केशव कार्की, टुल्की सापकोटा, भुवानी शंकर आचार्य, जीतबहादुर कार्की, दधी प्रसाद सापकोटा, लिला खड्का, श्रीजय श्रेष्ठ र दधी प्रसाद सापकोटा रहेका छन् ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा पञ्चकोटमा विभिन्न धार्मिक संरचना निर्माण भए संगै पर्यटकको संख्यामा पनि वृद्धि हुदै गएको छ ।