बालश्रम प्राःविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

/ प्रकाशित मिति :
शनिबार, साउन १२ २០८१

बागलुङ १२ श्रावण –मालिका सेवा समाज र मालिका पूर्व विद्यार्थी मञ्चले बागलुङ नगरपालिका –५ मा अवस्थित बालश्रम प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

बालबालिकाको पठनपाठमा सहयोग पुर्याउने उदेश्यले बालबालिका लाई कपी कलम लगायतका शैक्षिक सामग्री हस्तान्त्रण गरिएको मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मालिका सेवा समाजका सल्लाहकार टेकबहादुर केसीले समाज र विद्यार्थी मञ्चका कार्य उदाहरणिय रहेको र सामाजिक कार्यमा सबै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सल्लाहकार चन्द्र प्रसाद सापकोटा, धरणिधर सापकोटा कार्यसमिति सदस्य शालिकराम आचार्य र विद्यालयका प्रधानाध्यापक दयाराम रेग्मीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सिजन स्टेशनरी बागलुङको समन्वय र हिमाल कापी उद्योग बिरगंजको सहयोगमा भएको थियो ।कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवन नाथ शर्मा रेग्मीको अध्यक्षता तथा बालश्रम प्राविका प्रधानाध्यापक दयाराम रेग्मीको संचालनमा सम्पन्न भएको थियो।