गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड (फोटो/भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन ७ २០८१

साउन महिनाको पहिलो सोमबार आज बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजता र सुविधाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । भक्तजनले लामवद्व भएर पुजा गरिरहेका छन् । मन्दिर परिसरमा कतै युवतीहरु मेहेन्दी लगाउन व्यस्त देखिन्छन् । २०५८ सालमा निर्मित मन्दिरमा बर्सेनि शिवरात्री र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।
साउन भगवान् शिवजीसँग जोडिएको महिना हो ।

यसवर्ष चार सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ ।

यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

➥ भिडियो हेर्नुहोस् ।

➥ फोटोहरु हेर्नुहोस् ।