परमानन्द गुरुकुलका बिद्यार्थीका लागि चार लाख सहयोग

/ प्रकाशित मिति :
शुक्रबार, साउन ४ २០८१

कोपीला कँडेल,
बागलुङ, ४ श्रावण – काठेखोला गाँउपालिका – ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुं रामकोट अन्र्तगतको संस्कृत गुरुकुलका बिद्यार्थीका लागि रु ४ लाख आर्थिक सहयोग प्राप्त भएको छ । काठेखोला – ५ कर्लिम घर भई हाल चितवन बन्दै आउनुभएका धार्मिक अभियान्ता तथा समाजसेवी कलाधर सुवेदीले आश्रम अन्र्तगतको परमानन्द गुरुकुलका बिद्यार्थीको एक महिनाको भोजन व्यवस्थापनका लागि ४ लाख आर्थिक सहयोग गरेको आश्रमका उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदीले जानकारी दिनुभयो ।

उक्त रकम जापान समाज बिहुँकोट र त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुं रामकोटले आयोजना गरेको एक समारोहमा सुबेदीले आश्रम लाई हस्तान्त्रण गर्नुभएको थियो । त्यसैगरी गुरुकुलमा अध्यनरत विद्यार्थीका लागि जापान समाज बिहुँकोटले ४५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा वडा नम्वर ५ का अध्यक्ष ज्ञामनाथ शर्मा कँडेलले बताउनुभयो । उक्त सामग्री जापान समाज बिहँुकोटका अध्यक्ष नारायण प्रसाद कँडेल राजुले आश्रम व्यवस्थापन समितिलाई हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै श्री १ हजार ८ स्वामी डा. बिमलानन्द सरस्वतीले धर्म संस्कृतिको रक्षा गर्नका लागि यस्ताखाले सहयोगले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बतउनुभयो । उहाँले संस्कृत गुरुकुल लाई पुरानै लयमा फर्काउनका लागि राज्य लगायत सबैतिर बाट सहयोग र चासो हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा हरिहर सन्यास आश्रम देबघाटका प्रचार्य १ हजार ८ स्वामी बिमलानन्द सरस्वती, आर्थिक सहयोग गर्ने कलाधर सुवेदी र जापान समाज बिहुँकोट लाई गुरुकुलको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रम जापान समाज बिहँुकोटका अध्यक्ष नारायण प्रसाद कँडेल राजुको अध्यक्षता, मन्दिर व्यवस्थापन समितिका सदस्य ज्ञानकुमारी श्रीस कँडेलको स्वागत र उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।