बागलुङमा पहिरोले घर पुरिदा ५५ वर्षिय महिलाको ज्यान गयो

/ प्रकाशित मिति :
बिहिबार, असार २८ २០८१

 

बागलुङ, २७ असार – अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा बागलुङमा ५५ वर्षिय महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गएराति घरमाथीबाट आएको पहिरोले घर पुरिँदा घरभित्र सुतीरहेकी खिलकुमारी शर्माको मृत्यु भएको हो ।

घरमा एक्लै रहेकी शर्माको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । बिहिबार बिहान मात्रै स्थानीयले पहिरोले शर्माको घर पुरेको देखेका थिए । थप जानकारीका लागि घटनास्थल तर्फ प्रहरी पुग्दै छ ।