मानवअधिकारका लागि एकल महिला समुहको अध्यक्षमा खड्का

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ २८ २០८१

बागलुङ, २८ जेठ – मानवअधिकारका लागि एकल महिला समुहको ७ औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।

अधिवेशनले दोस्रो कार्यकालका लागि खड्ककुमारी खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु खड्का, सचिवमा सिता देवी सुवेदी, सहसचिवमा सिता थापा, कोषाध्यक्षमा देवी जिसी, सदस्यहरुमा पुष्पा बोहोरा, लक्ष्मी खड्का, सविमाया क्षेत्री, पार्वती अधिकारी थापा, भिमा खड्का, गिता खड्का, गोमा पन्त, पुतली केसी, विष्णु केसी थापा र गंगा केसी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नम्वर ३ का अध्यक्ष सनि केसी लक्ष्मणले महिलाको अधिकारका लागि वडा तहले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले एकल महिला सशक्तिकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा समूहका सल्लाहकार शकु्न्तला शर्मा, एकल महिला समुह वडा नं. ४ का अध्यक्ष कमलादेबी आचार्य, टोल सुधार समितिका अध्यक्ष यामबहादुर केसी, लाल बहादुर केसी, महिला हित सहकारीका अध्यक्ष लिला खड्का, वडा सदस्य नगेन्द्र केसी, क्षेत्री समाजका उपाध्यक्ष शिवकला थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समुहका अध्यक्ष खडक कुमारी खड्काको अध्यक्षता, उपाध्यक्ष सन्तु खडकाको स्वागत र सचिव सितादेवी सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सहसचिव मेघा थापा क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।