बागलुङ नगर खानेपानीमा कार्यरत कर्मचारीको स्वागत तथा विदाई कार्यक्रम

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ २ २០८१

 

बागलुङ, २ जेठ – बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कार्यरत कर्मचारीवीच स्वागत तथा विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थामा नँया कर्मचारी रुपमा आउनुभएका चार जना र स्वच्छिक अवकास लिनुभएका एक जनालाई विदाई गरिएको हो ।

संस्थाका नवनियुक्त हुनुभएका ईन्जिनियर सन्तोष पौडेल,पम्प अपरेटर विरेन्द्र श्रेष्ठ, सवारी चालक टिकादत्त उपाध्याय र कार्यालय सहयोगी शर्मिला मुल्मी श्रेष्ठलाई स्वागत तथा स्वच्छिक अवकास लिनुभएका सवारी चालक सुमन खत्रीलाई विदाई गरिएको छ ।

कर्मचारीलाई स्वागत तथा विदाई गर्दै संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले विदाई भएर जाने कर्मचारीहरुको उज्वल भविष्यको कामना सहित नवनियुक्त भई आउनुभएका कर्मचारीहरुबिचको सहकार्यले संस्थाको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त कर्मचारीहरुको तर्फबाट ईन्जिनियर सन्तोष पौडलले नगरबासीलाई स्वच्छ,सफा र पर्याप्त पानी दिलाउन अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पाँच बर्ष कार्यरत रहित स्वच्छिक अवकास लिनुभएका सुमन खत्रीले आफु संस्थामा रहदासम्म संस्थाको हितमा रहि काम गरेको र आगामी दिनमा पनि संस्था प्रति उच्च सम्मान गर्ने बताउनुभयो ।

संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माको अध्यक्षता,सहलेखापाल प्रकाश रेग्मीको स्वागत मन्तव्य र लेखापाल प्रदिप पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०६४ सालमा स्थापना भएको संस्थामा अहिले २० जना कर्मचारी रहेका छन । संस्थाले बजार क्षेत्रका वडा नं १,२,३ र ४ वडाका नागरिकहरुलाई खानेपानी प्रदान गर्दै आएको छ ।