थ्रि जिरो क्लबका युवाको प्रथम सम्मेलन

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
शनिबार, बैशाख १५ २០८१

सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन सम्पन्न गरेको छ ।
बागलुङका १८ वटा विद्यालयका २ सय ४५ र पर्वतका दुइ विद्यालयका ३५ गरी २ सय ८० युवा सहभागि गराएर शनिवार बागलुङमा सम्मेलन सम्पन्न गरेको हो ।
शुन्य गरिबी, बेरोजगारी र शुन्य कार्वन उत्सर्जन गर्नका लागि युवा परिचालन गर्न शुरु गरिएका थ्रि जिरो क्लबका पदाधिकारीको सम्मेलन गरिएको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिनुभयो ।
केही महिना अघिदेखि शुरु भएको यो अभियानलाई तीब्रता दिएर १५ बर्षदेखि ३५ बर्षका युवालाई उत्पादनमा जोड्ने लक्ष राखिएको अध्यक्ष शर्माले बताउनुभयो । कार्यक्रममा स्वाभलम्वन बिकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गोविन्द बहादुर खत्री, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले प्रस्तुतीकरण गर्नु भएको थियो । हरेक नागरिक उद्यमशिलता बन्नुपर्ने अवधारणा अनुसार युवाहरुलाई क्लबमा संगठित गरेर बचत गर्ने बानी बसाल्ने, उदमशिलतामा जोड्ने र उत्पादन बढाउने योजना अनुसार सिवाइसी नेपालले थ्रि जिरो क्लब गठनको अभियान शुरु गरेको जनाएको छ ।