शालग्राम भजन महोत्सवको आयव्यय सार्वजनिक

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख ७ २០८१

 

बागलुङ ६ बैसाख – बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीमा सम्पन्न पाँच दिने शालग्राम महोत्सव हिसाबकिताब सार्वजनिक गरिएको छ ।

श्री श्रीधराचार्य शालग्राम संग्रहालयको आयोजनामा भएको श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरको ३७ औं ब्रहमोहत्सव तथा शालग्राम महोत्सव २०८१ को अबधिमा ८३ लाख ३४ हजार ६ सय १९ रूपैयाँ कुल आम्दानी भएको सचिव रामकृष्ण सापकोटाले बताउनुभयो ।

महोत्सव अबधिमा गेट निर्माण मन्च लगायतका खर्च ७९ लाख २६ हजार ८ सय ३५ रूपैयाँ भइ ४ लाख ७ हजार ७ सय ८४ रूपैयाँ आम्दानी भएको सापकोटाले बताउनुभयो । कार्यक्रममा पत्रकार राजेशचन्द्र राजभण्डारी, किरण आचार्य, कलाकार रेशम सापकोटाले बोल्नुभएको थियो ।

धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास हुदै गइरहेको शालग्राम संग्राहलयमा यतिबेला मुक्तिनाथ गएर फर्किएका धार्मिक तथा आन्तरिक पर्यटक अवलोकनको लागि आउने गरेको शालग्राम संग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

सवा लाख शालग्राम संग्रहित संग्रहालय यतिबेला आन्तिरीक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ । सवा लाख शालग्राम संकलन गरेर निर्माण गरिएको संग्रहालय वरिपरिका थुप्रै संरचना निर्माणकार्य जारी छ । कार्यक्रम शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद शर्मा उपाध्यायको संचालनमा सम्पन्न भएको थियोे ।