एमाले अध्यक्षमा गौतमले उम्मेदवारी फिर्ता गरेपछि केसी उम्मेवारी कायम

/ प्रकाशित मिति :
शुक्रबार, चैत्र ३០ २០८០

एमाले बागलुङको अध्यक्ष पदमा वर्तमान अध्यक्ष हिरा बहादुर केसीको उम्मेवारी कायम भएको छ ।
पूर्व गण्डकी प्रदेश सदस्य हरिनारायण गौतम र वर्तमान अध्यक्ष केसीको उम्मेदवारी परेपनि गौतमले फिर्ता लिएपछि केसी एकल उम्मेदवारी कायम भएको निर्वाचन समिती संयोजक डिलिल्राज गौतमले बताउनुभयो ।
यसैगरि उपाध्यक्षमा विष्णु भुषालको एकल उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।
यस्तै एमालेको उप–सचिवमा करमती पुन र धन बहादुर परियारको उम्मेदवारी परेको छ । एमालेले सदस्य टुङ्गाउन लागेको सचिव विष्णु भुषलले जानकारी दिनुभयो । उहाँले पदाधीकारीमा सर्वसहमतीको प्रयास अन्तिम चरणमा पुगेको भुषालले बताउनुभयो ।