नेकपा एमाले बागलुङको अध्यक्षका लागि गौतम र केसीको उमेद्वारी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र ३០ २០८០

नेकपा एमाले बागलुङको अध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ । आगामि अध्यक्षका लागि निवर्तमान अध्यक्ष हिरा बहादुर केसी र गण्डकी प्रदेश कमिटिका पुर्व सदस्य हरिनारायण गौतमको उमेद्वारी दर्ता भएको हो ।

हिजोदेखि सुरु भएको अधिबेशनमा केहिबेर अघिबाट मनोनयन दर्ता सुरु भएको थियो । उपाध्यक्षका लागि भने यो समाचार तयार पार्ने बेलासम्म बिष्णु भुसालको मात्रै उमेद्वारी दर्ता भएको छ । यसअघी भुसालको अध्यक्षमा दावी रहेको चर्चा थियो । सचिवमा निवर्तमान उपसचिव गणेश थापा, पूर्व प्रदेश कमिटि सदस्य कुमार खड्का र निवर्तमान प्रचार बिभाग प्रमुख चन्द्र गणेशको उमेद्वारी दर्ता भएको निर्वाचन आयोग सदस्य प्रकाश शर्माले बताए ।

उपसचिवमा यो समाचार तयार पार्दासम्म धन बहादुर परियार र करमती पुनको उमेद्वारी दर्ता भएको छ । परियार बागलुङ नगरकमिटिका अध्यक्ष हुन् भने पुन ढोरपाटन नगरपालिकाकी पूर्व उपप्रमुख हुन् । सदस्यहरुमा पनि आवश्यकता भन्दा धेरैको मनोनयन दर्ता भैसकेको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास समेत जारी रहेको एमाले जिल्ला इञ्चार्ज जगत बिश्वकर्माले बताए ।