शालग्राम संग्रहालय परिसरमा आयोजित शालग्राम भजन महोत्सवको तयारी तिव्र

/ प्रकाशित मिति :
आइतबार, चैत्र २५ २០८០

बागलुङ, २५ चैत्र – बागलुङ नगरपालिका – ४ कुडुँले फेदी स्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम संग्रहालय परिसरमा आयोजित शालग्राम भजन महोत्सवको तयारी तिव्र पारिएको छ । श्रीरंङ्ग वैकटेश मुक्तिनारायण मन्दिरको ३७ औ   ब्रम्होत्सवका अवसरमा नयाँ वर्षको बैशाख १ गते देखी ५ गते सम्म आयोजित शालग्राम महोत्सवको तयारी तिव्र पारिएको शालग्राम संग्राहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सव अन्र्तगत निर्माण हुन गईरहेको श्रीपरांकुशाचार्य मण्डपको निर्माण, मन्दिर परिसर सरसफाई, संग्रालयको मुखमा निर्माण हुन गईरहेको प्रवेसद्धार तथा महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको शालग्राम भजन महोत्सवमा सहभागी हुन चाहनेहरुको नाम दर्ता तथा महोत्सवको प्रचारप्रसार लगायतका कार्य तिव्र गतिमा भईरहेको शालग्राम संग्राहालयका परिकल्पनाकार स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सवमा अनावरण गरिने स्वामी श्रीधराचार्यको मुर्तीको भने निर्माण कार्य सकिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कालिगण्डकीको सभ्यता बचाउन तथा शालग्रामको प्रवद्धन गरी जिल्ला लाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकाश गर्नका लागि शालग्राम भजन महोत्सवको आयोजना गरिएको स्वामी प्रपन्नाचार्यको भनाई छ ।

बागलुङको पहिचानको रुपमा रहेको लोक भजन चुट्काको संरक्षण गरी युवा पुस्ता लाई आकर्षित गर्न तथा जिल्ला जिल्लामा लाई धार्मिक पर्यटक भित्राउनका लागि भजन महोत्सव महत्वपुर्ण हुने शालग्राम भजन महोत्सवका संयोजक तथा राष्ट्रिय लोक भजन चुट्का समहुका अध्यक्ष टेक बहादुर केसी संगमले बताउनुभयो । लोक भजन लाई प्रतियोगिता नभै प्रस्तुतीको रुपमा लगिने र टाढा बाट आउने भजन टोली लाई सामान्य यातायात खर्चको व्यवस्था गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।