बागलुङमा अचार बनाउने तालिम सम्पन्न

धौलागिरी संवाददाता / प्रकाशित मिति :
सोमबार, फाल्गुन २१ २០८០

छिमेक लघुबित्त बित्तीय संस्था बागलुङद्वारा आयोजित तीन दिने अचार बनाउने तालिम सकिएको छ । तालिममा शाखाका करिब ३७ जना ग्राहक सदस्य तथा अभिभावक सहभागी भएका थिए ।
तालिममा गाउँघरमा उपलब्ध माछा तथा मासु, च्याउ, अकबरे खुर्सानी, अमला, लप्सी, गुन्द्रुक र भटमासरबदामको अचार बनाउन सिकाईएको थियो । छिमेक लघुबित्त बित्तीय संस्था बागलुङका शाखा प्रबन्धक सरोज अधिकारीका अनुसार, तालिममा अचार प्याकिङ, लेबलिङ गरी सिल गर्न र मूल्य निर्धारण तथा बिक्रीवितरण गर्ने कला सम्बन्धि जानकारी गराईएको थियो ।
तालिमको अवलोलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायले स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीलाई सदुपयोग गर्न सके रोजगारीका लागि भौतारिन नपर्ने धारणा राख्नु भएको थियो ।
लघुवित्तले उद्यमशिलतातर्फ अग्रसर गरेकोप्रति प्रशंसा गर्दै नगरप्रमुख श्रेष्ठले उद्यममा लाग्ने जो–कसैलाई सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्वता समेत जनाउनुभयो ।
तालिममा सहभागी बिजयालक्ष्मी निउरे उपाध्यायले तालिम फलदायी बनेको बताउँदै तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सम्पुर्ण सहभागीलाई आग्रह गर्नुभयो । नवलपुरका महिला उद्यमी बसुन्धरा सुबेदीले सहजीकरण गर्नु भएको तालिम समापन कार्यक्रमको संचालन विष्णु न्यौपानेले गर्नुभ भएको थियो ।