देवस्थल र तिर्थस्थलको विकासले पर्यटन प्रवद्धनमा टेवा पुग्छ –प्रधानमन्त्री

/ प्रकाशित मिति :
शनिबार, फाल्गुन १९ २០८០

बागलुङ, १९ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देवस्थल र तिर्थस्थलको विकासले नेपालको विकाश र पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पुग्ने बताउनुभएको छ । बागलुङ नगरपालिका – ६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको ११ औ दिनको कार्यक्रम लाई सम्बोेधन गर्र्दै उहाँले नेपालको समग्र तिर्थस्थलको प्रचार प्रसारले नेपालको विकाश र सम्मृद्धि हुने वताउनुभयो ।

उहाँले विगत १० वर्षमा आमुल परिवर्तन भएको पञ्चकोटको विकाश र कुडुले फेदीमा रहेको शालिग्राम संग्राहालयका कारण बागलुङ जिल्लाको विकाशमा महत्वपुर्ण सावित भएको बताउनुभयो ।संस्कार संस्कृति र पहिचान सहितको व्याव्हारिक सिपमुलक शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले ” “गुरुकुलबाट उत्पादित जनशक्तिले धर्म संस्कृतिको क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउनुभयो ।

अहिले विश्व भौतिक विकासको दौडमा रहेको चर्चा गर्दै उहाँले” आध्यात्मिक चिन्तन र चेतनाको विकासले मात्र दिगो शान्ति र विकास हुनसक्ने दावी गर्नुभयो । पैसाको लागि विदेशिने मानसिकता लाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।कालिगण्डकीको शालग्रामको संरक्षण र धर्म संस्कृतिको संरक्षणमा स्वामी कमलनयनले पुराएको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले बागलुङ्गको विकासका लागि आउदो निति तथा बजेटमा बिशेष प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा उद्योग बाणिज्य महासघंका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकीको बिकास र शालिग्रामको संरक्षणका लागि राज्यको ध्यान जानुपर्ने बताउनुभएको थियो । उहाँले जिल्ला लाई पर्यटकिय क्षेत्रमा अगाडी बढाउनका लागि कालिगण्डकी करिडोर र कोराला नाका निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रम अनन्त श्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको अध्यक्षता, स्वामी किष्ण प्रपन्नाचार्यको स्वागत र शुर्दशन प्रपन्नाचार्यको संचालनमा सम्पन्न भएको थियो ।