खेलकुदको बिकासको लागि सवैको सहकार्य आवश्यक– मन्त्रि थापा

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ११ २០८០

बागलुङ, १० फागुन  – गण्डकी प्रदेशका उद्योग, बन तथा पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापाले खेलकुदको बिकासको लागि सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

चिल्ड्रेन लाइफ स्पोर्ट क्लव बागलुङको आयोजना, चिल्डे«न लाइफ बोडिङ स्कुलको सहआयोजनामा बागलुङको बाङ्ेचौर खेल मैदानमा शुरु भएको तेस्रो संस्करणको चिल्ड्रेन लाइफ फुटवल कपको उद्घाटन गर्दै मन्त्री थापाले उक्त कुरामा जोड दिनुभएको हो ।

खेलकुद गतिविधीले नेपाललाई समेत बिश्व सामु चिनाउन सफल भएकाले खेल क्षेत्र र खेलाडिहरुको क्षमता बिकासका लागि सरकारका सवै तहले बिषेश महत्व दिनुपर्नेमा उहाँको जोड थियो ।

खेलकुदका गतिविधि संचालनका लागि हरेक स्थानिय तहमा खेलमैदान निर्माण आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसका लागि प्रदेश सरकारले समन्वय गरिरहेको बताउनुभयो । कार्यक्रममा एनप्याव्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा र जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम चिल्ड्रेन लाइफ स्पोर्ट क्लव बागलुङका अध्यक्ष एवँ चिल्डे«न लाइफ बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक जिवन रोकाको स्वागत र सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच पहिलो दिन चिल्ड्रेन लाइफ बोडिङ स्कुल सेतो र गुराँश बिद्या सदनकाबिच भएको उद्घाटन खेलमा चिल्ड्रेन लाइफ बोडिङ स्कुल सेतो शुन्यका बिरुद्ध १ गोलले बिजयी भएको छ ।

फ्युचर व्राइटर बोडिङ स्कुल र डिग्नीटि कलेजका बिचमा भएको दोस्रो खेलमा शुन्यका बिरुद्ध ४ गोल गर्दै फ्युचर व्राइटर बोडिङ स्कुल बिजयी भएको छ । बिद्यालय स्तरीय प्रतियोगितामा १० बिद्यालयको सहभागीता रहेको जिवन रोकाले जानकारी दिनुभयो ।