विभेद गरेर संस्थापक घोष्णा गरेको भन्दै बिद्यालयको दस्तावेज सच्याउन माग (भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ २४ २០८០

विभेद गरेर संस्थापक घोषणा गरेको भन्दै बागलुङ नगरपालिका वडा नम्वर ६ का बालकृष्ण आचार्यले बिद्यालयको दस्तावेज सच्याउन माग गर्नु भएको छ ।
उहाँले आफ्ना बाबु इन्द्रलाल आचार्य संस्थापक भएकोमा लहरे पिपल माबिले स्थानीय धनपति उपाध्यायलाई घोषणा गरेको टिप्पणी गर्नुभयो ।
बागलुङमा पत्रकार सम्मेलन गरेर आचार्यले बिद्यालयको सबैभन्दा पुरानो कागाजतमा आफ्ना बाबु इन्द्रलाल प्रधानाध्यापक भएको देखिएको बताउनुभयो । २०१५ सालमा स्थापना भएको यो बिद्यालयमा २०१९ सालमा शिक्षा बिभागले गरेको अनुगमनमा अध्यक्ष इन्द्रलाल भएको कागजात रहेको उहाँले जानकारी दिनुभयो ।
बिद्यालयले भने धनपति उपाध्याय भएको भन्दै बिद्यालयको बिशेषांक निकालेको छ । उक्त बिशेषांकमा लेखिएको कुरा पुराना र बिद्यालयका पूर्व अध्यक्षहरुको भनाइको आधारमा लेखिएको प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
२०६२ सालमा बिद्यालयको स्मारिका प्रकाशत भएकोले त्यतिबेला लिखत प्रमाण नभएपनि पुरानाहरुले भनेको आधारमा लेखिएको हुन सक्ने सुवेदीको भनाइ थियो । आचार्यले आफ्ना बाबु अध्यक्ष भएको समय भन्दा अगाडि भएको कुनैपनि लिखत नभेटिएको बताउनुभयो । उक्त प्रमाण सहित उहाँले उच्च अदालत बागलुङमा रिट समेत दिनु भएको थियो ।

२०७४ सालमा उच्च अदालतका मुख्य न्यायाधिस शेषराज शिवाकोटी र न्यायाधिस हरिप्रसाद पौडेलको संयुक्त इजलासले बिद्यालयलाई उत्प्रेषण युक्त परमादेश जारी गरेर लिखित प्रमाण हुँदाहुँदै मौखिक प्रमाणलाइ विश्वास गर्न नसकिने उल्लेख गरेको छ । बिद्यालय खोल्दाका कागजात भए नभएको खोजी पत्ता लगाउन र लिखित कागज बिनै बोलीप्रमाण नहुने समेत अदालतको परमादेशमा उल्लेख गरिएको छ ।

भिडियो हेर्नुहोस्: